fb-pixel
about

चैते धानको न्यूनतम समर्थन मूल्य रु. ९०० प्रति मन

Arju Rice

Posted On: 2023-04-24 14:59:21

आरजु राईस मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य प्रति मन रु. ९०० तोकेको छ । धानमा ‘नमी’को मात्रा २५ प्रतिशत हुनुपर्नेछ । धान मिलमा ल्याइएको दुई दिनभित्रै बैंकिङ प्रणालीबाट किसानको बैंक खातामा रकम जम्मा हुने सुनिश्चितता गरिएको छ । यसबाट किसानहरुको बैंकमा ‘क्रेडिट रेटिङ’ पनि बढ्ने छ । किसानलाई खेतीपातीका लागि चाहिने चालुपुँजीको जोहो पनि सजिलो हुनेछ । आरजु राईस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले ‘नेपाली किसानबाहेक कहिंकतैबाट धान नभित्र्याउने’ उद्घोष गर्नुभयो । उहाँले ‘अर्बौ खर्बौको खाद्यान्न आयातलाई अब हामी सबै मिलि निरुत्साहित गर्नुपर्ने’ बताउनुभयो । खाद्यान्न आयातका नकारात्मक परिणाम थुप्रै रहेका छन् । विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु पनि हो ।

खेतीपातीको ४२ प्रतिशत धान खेतीले ओगटेको छ । यसमा पनि धेरैजसो वर्षे धान छ । धानको खेती दुई चोटी भएमा किसानले थप आम्दानी र खाद्य सुरक्षामा पनि प्रभावकारी भूमिका हुनेछन् । अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङ ग्रेन चामल खानामा प्रयोग हुँदा बेमेल देखिएको छ । आरजु राईस मिलले किसानहरुलाई उपभोक्ताको रोजाई अनुसार धानबाली लगाउन आग्रह गरेको छ । आरजु राईस मिल गामघरमै स्थापित र अबको केही सातामै सञ्चालन आउन लागेको छ । यसले स्थानीय स्तरमा रोजगारी वृद्धि र किसानका धानले उचित मूल्य पाउने सुनिश्चित गरेको छ ।